दश लाख लिएर फिल्म खेल्न नमानेपछि अनमोल केसी पक्राउ

दश लाख लिएर फिल्म खेल्न नमानेपछि अनमोल केसी पक्राउ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा एंव अभिनेता अनमोल केसी पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई आपराधिक विश्वासघातको आरोपमा आज साँझ भक्तपुरको सांगाबाट नियन्त्रणमा लिएको हो । 

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई साँझ साँढे ५ बजे नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । 

प्रहरीका अनुसार केसीले ‘रावायण’ नामक फिल्मका लागि निर्मातासँग दश लाख रुपैयाँ लिएका थिए । तर, पछि फिल्म खेल्न नमानेपछि निर्माण कम्पनीको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।

टिप्पणीहरू