प्रधानमन्त्री चीनबाट फर्केलगत्तै एमसिसी सिईओ काठमाडौं आउँदै

अमेरिकी सहयोग परियोजना एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट नेतृत्वको टोली काठमाडौं आउन लागेको छ ।
टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहा हुँदै आज साँझ पौने ६ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।प्रधानमन्त्री चीनको आठ दिने औपचारिक भ्रमण पूरा गरेर हिजो बिहान स्वदेश फर्कनुभएको थियो ।
उहाँ त्यसअघि न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न जानुभएको थियो । न्युयोर्कबाट सोझै चीन पुगेर प्रधानमन्त्रीले राष्ट्रपति सि जिनपिङ, समकक्षी लि छ्याङलगायतसँग द्विपक्षीय भेट गर्नुभएको थियो ।
टिप्पणीहरू