समाजवादी मोर्चालाई सरकारको एकलौटी जिम्मा दिन कांग्रेस महामन्त्रीको प्रस्ताव

समाजवादी मोर्चालाई सरकारको एकलौटी जिम्मा दिन कांग्रेस महामन्त्रीको प्रस्ताव

सत्तारुढ गठबन्धनमा अविश्वास बढेको चर्चाका बीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्यस्तै आसयको अभिव्यक्ति दिएका छन् । माओवादी केन्द्रसँगको सत्ता सहकार्यप्रति अनुदार रहँदै आएको काँग्रेसको संस्थापन इतर खेमाका नेतासमेत रहेका उनले समाजवादी मोर्चालाई अढाई वर्ष सरकार चलाउन दिएर आफू बाहिर बस्नुपर्ने प्रस्ताव गरेका हुन् । 

कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनलाई गर्दै महामन्त्री थापाले त्यसका लागि अहिले नै पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने प्रस्तावसमेत राखे । सत्तारुढ गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार गठबन्धन  कायमै राखेर पछिल्लो दुई वर्ष कांग्रेसले एक्लै सरकार चलाउनसक्ने उनको भनाई छ ।

'यो दुई अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ । प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने कुरा छ । उहाँहरुको एउटै मोर्चा पनि छ,’ महामन्त्री थापाले भने, ‘कांग्रेसको मन्त्रीहरू सबै फिर्ता बोलऔं । दुई अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔं । हामी फ्लोरबाट समर्थन गरौं ।’

त्यसरी सरकार चलाउँदा राम्रा नराम्रा कामको जस-अपजस पनि सम्बन्धित पार्टीले नै लिने हुँदा अहिलेको जस्तो अवस्था नहुने गगनको बुझाई छ ।

टिप्पणीहरू