सिराहामा बस पल्टिंदा दुई जनाको मृत्यु, दुई दर्जन घाइते

सिराहामा बस पल्टिंदा दुई जनाको मृत्यु, दुई दर्जन घाइते

सिरहामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

गोलबजार नगरपालिका-९ मारुति सिमेन्ट उद्योग अगाडि राजविराजबाट जनकपुर जाँदै गरेको ना४ख ७१८७ नम्बरको बस आज दिउँसो दुर्घटनामा परेको हो ।

मृत्यु हुनेहरुमा मिर्चैया-२ का अन्दाजी वर्षीय ४० वर्षीय राजकुमार सदा र जनकपुर उपमहानगर-२० बस्ने अन्दाजी ५० वर्षका अनिल झाको रहेको प्रहरीले जानकारी दिएको छ । झा सो बसका सहचालक भएको बताइएको छ । दुवै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ । 

घाइतेहरूको गोलबजार, मिर्चैया, चोहर्वाका निजी स्वास्थ्य संस्थाहरूको उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको र उनीहरु अस्पतालबाट डिस्चार्ज हुनेक्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।  

‘अहिलेसम्म २३ जना घाइते सम्पर्कमा आएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको जानकारी आएको छ', पाण्डेले भने, 'कतिपय डिस्चार्ज भैसकेका छन् भने केही हुने क्रममा छन् ।'

विग्रिएको बाटोमा अनियन्त्रित भई बस पल्टिएको हुसक्ने अनुमान गरिएको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू