विपीको शालिक अनावरण गर्नुअघि पूर्व राष्ट्रपतिको बास गण्डक गेष्ट हाउसमा
पूर्व राष्ट्रपति डा. रामवरण यादवले नवलपरासीको सुस्तामा नेपाली काँग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद यादवको शालिक अनावरण गर्न लाग्नुभएको छ । उहाँले आज बिहान ११ बजे प्रतापपुर गाउँपालिका ७, सूर्यपूरामा विपीको शालिक अनावरण गर्ने कार्यक्रम छ ।
हिजो राति नवलपरासी पुग्नुभएका यादव गएराति सुस्ता गाविस ३, मर्चहवामा रहेको गण्डक नहर परियोजनाको गेष्ट हाउसमा बस्नुभएको छ । उहाँ हिजो साँझ यति एअरलान्सको उडानमा राजधानीबाट भैरहवा जानुभएको थियो । त्यहाँबाट लु.३ च ७३५३ नम्बरको सवारी साधनमा सुस्ता पुग्नुभएको हो ।
टिप्पणीहरू