अमेरिकी भूतपूर्व राष्ट्रपति ९९ वर्षमा प्रवेश

अमेरिकी भूतपूर्व राष्ट्रपति ९९ वर्षमा प्रवेश

भूपू अमेरिकी राष्ट्रपति जिमी कार्टरले ९९ औं जन्मोत्सव मनाएका छन् । सन् १९२४ अक्टोबर १ मा जन्मेका कार्टर राजनीतिज्ञ,लेखक र डेमोक्रेटिक पार्टीका सदस्य हुन् ।

उनी सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाको ३९औँ राष्ट्रपति थिए । उनलाई सन् २००२ को नोबेल शान्ति पुरस्कार प्राप्त भएको थियो ।

उनी कार्टर फाउन्डेसनमार्फत विभिन्न मुलुकको आन्तरिक द्वन्द्व व्यवस्थापनमा सक्रिय छन् । माओवादी जनयुद्धताका पनि उनको सँस्थाले नेपालमा दिवङ्गत डा.दुमन थापा (पछि एमालेबाट अर्घाखाँचीमा साँसद) लगायतलाई अघि सारेर थुप्रै काम गरेको थियो ।

टिप्पणीहरू