कमल थापाको नेतृत्वमा आन्दोलनको तयारी, राजेन्द्र लिङ्देनसङ्ग पूर्व राजा ठुस्किए
केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग झापामा भेट हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अमर्यादित रुपमा प्रस्तुत भएको आरोप लागेको छ । उक्त भेटमा राप्रपाका सबै नेता दौरा सुरुवालमा सजिएका थिए । तर राजेन्द्र आउट ड्रेसमा गएपछि उनको खिसिट्युरी भएको बताइन्छ ।
‘आउट ड्रेस मात्रै होइन, उनी भेटका लागि तोकिएको समयभन्दा २५ मीनेट ढिलो पुगे,’ उल्लेख गर्दै स्रोतले भन्यो, ‘राजाका सचिवले किन ढिलो ? भनेर सोध्नुभयो तर उनले बाहिर अर्कै कार्यक्रम रहेको जानकारी दिए ।’ आधा घण्टा ढिलो हुँदा पनि राजासँग मर्यादित ढंगले माफी नमागेपछि लिङ्देन आलोचित भएका हुन् ।
‘राजाका दुई वटा इच्छा छन् । संसदमा राप्रपा,सडकमा राप्रपा नेपाल र दुर्गा प्रसाईंहरु जाग्ने हो भने तेस्रो जनआन्दोलन सम्भव छ ।"
राजावादीहरुले उनी पूर्व राजाको लाइनमा नहिँडेको निश्कर्ष निकालेका छन् । राप्रपाले सडक तताउनेभन्दा सरकारमा जाने कुरालाई प्राथमिकतामा राखेपछि उनीहरुले ‘राजाको चाहना विपरित’ भन्न थालेका छन् ।
राजा निकटस्थहरुले राप्रपा पनि सडक आन्दोलनमा आइदिए हुन्थ्यो,सरकारविरुद्ध आन्दोलन गरे हुन्थ्यो भन्ने मान्यता राख्दै आएका छन् । कमल थापाको हिजो वीरगञ्जमा सम्पन्न आमसभालाई उनीहरुले राजाको पक्षमा सकारात्मक माहौल बन्दै गएको रूपमा अर्थ्याएका छन् ।
यसबीच कमल थापाको तराई भ्रमणको कार्यक्रम प्रकाशित गरिएको छ । अब राप्रपा नेपाल तराईमा केन्द्रित हुन थालेको बताइन्छ । थापा निकटस्थ एक जना नेताले भने, ‘राजाका दुई वटा इच्छा छन् । संसदमा राप्रपा,सडकमा राप्रपा नेपाल र दुर्गा प्रसाईंहरु जाग्ने हो भने तेस्रो जनआन्दोलन सम्भव छ । उक्त जनआन्दोलनको तयारी र नेतृत्व कमल थापाहरुले गर्नेछन् ।’
टिप्पणीहरू