अस्पतालबाट घर लगिएका बिरामीको जिल्ला प्रहरी कार्यालयमा मृत्यु

अस्पतालबाट घर लगिएका बिरामीको जिल्ला प्रहरी कार्यालयमा मृत्यु

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक बिरामीको मृत्यु भएको छ । बकैया गाउँपालिका १ की ५६ वर्षीया चिरमाया लोको ज्यान गएको बताइएको छ । 

बिरामी बोकेर हेटौँडातर्फ गएको ना. २ च ८४३२ नम्बरको एम्बुलेन्सलाई प्रहरीले गएराति हेटौँडा–४ मा रोकेको थियो । सोही क्रममा विवाद हुँदा केही प्रहरी र बिरामीका आफन्त घाइते भएका हुन् । प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर राखेपछि बिरामीको मृत्यु भएको आफन्तको भनाई छ । 

शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट घर पठाइएकी बिरामी महिलाको ज्यान गएको हो । अस्पतालले उपचार हुन नसक्ने बताएपछि उनलाई अन्तिम समयमा घर लगिएको परिवारको भनाई छ ।

प्रहरीले मृतक महिलाका छोरालगायत पाँच जना प्रहरी नियन्त्रणमा छन् ।
 

टिप्पणीहरू