प्राधिकरणका फोरमेनको खल्तीमा घूूस रकम

प्राधिकरणका फोरमेनको खल्तीमा घूूस रकम
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरण सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन (चौथो तह) विर्जुकुमार महतो घुससहित पक्राउ परेका छन् । 

उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज समातेको हो । 

आयोगको इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग २५ हजार घुस बुझिसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार महतोले विद्युतीय लाइनमा ट्यापिङ (जोडिने) गर्नका लागि सेवाग्राहीसँग घुस मागेको अनुसन्धानबाट पुष्टि हुन आएको छ । 

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको दाहालले बताएका छन् ।

टिप्पणीहरू