भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन

भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन
सुन्नुहोस्

बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ ।

जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको निधन भएको हो । मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको जनाइएको छ ।

आज दिउँसो बझाङ केन्द्रविन्दु बनाएर दुई वटा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का राजधानी काठमाडौं र भारतको नयाँ दिल्लीसम्म महशुस गरिएको थियो ।

टिप्पणीहरू