अर्थ सचिवले व्यापारीका तर्फबाट डिजीहरूलाई थर्काउँदा
अर्थ मन्त्रालयको सचिवमा दोहोरिएर आएका कृष्णहरि पुष्करको व्यापारीप्रेम देखेपछि सो मन्त्रालयअन्तर्गत आन्तरिक राजश्व र सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकहरू जिल्ल परेका छन् । उनले ती विभागका प्रमुखलाई बोलाएर कर्मचारीको व्यवहारका कारण व्यापारीहरू आजित भई पलायन हुन थालेको आरोप लगाउँदै यस्तो गतिविधि रोक्न निर्देशन दिएको स्रोतको दावी छ ।
सचिवमा दोहोरिएपछिको पहिलोपल्टको भेटघाटमा उनले ‘तिमीहरूलाई मन परेको मान्छेलाई जे कुरामा पनि छुट दिन्छौ, मन लाग्यो भने होटलमा बार्गेनिङ गरेर पैसा खान्छौ र सबै कुरामा छुट दिन्छौ, पैसा खान पाएनौ भने दुःख दिन्छौ । सबै व्यापारी त्रासमा छन् । यसले गर्दा ती विदेशतिर पलायन हुन थाले भन्ने समाचार आएका छन् । तिमीहरूको व्यवहारका कारण अर्थतन्त्र नाजुक अवस्था पुग्यो । यसरी व्यापारीलाई दुःख दिने काम गर्नु भएन’ भनेको सिंहदरबारमा चर्चा छ ।
पुष्करलाई प्रतिनिधिसभा सदस्य आरजु देउवा र अर्थमन्त्री प्रकाशशरण महतकी पत्नी बिनाको पहलमा दोहोर्याएर ल्याइएको चर्चा छ ।
टिप्पणीहरू