एक सय मीटर तल ट्याङ्कर खस्दा चालकको प्राणान्त
मदन भण्डारी राजमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा आफै अनियन्त्रित भएको ट्याङ्कर बाटो मुनि खस्दा चालकको ज्यान गएको छ ।
आज बिहान हेटौँडाबाट पूर्वतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्बरको दूध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रित भई सडकबाट १ सय मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक चालक हेटौंडा उपमहानगरपालिका ९ एचआइडीका ३३ बर्षीय सिद्धान्त लामा रहेका छन् । दुर्घटनापछि घाइते भएका उनलाई हेटौँडा अस्पतालमा उपचारका लागि ल्याइएकामा दिउँसो १२ः३० बजे मृत घोषणा गरिएको थियो ।
ट्याङ्करका सहचालक धादिङ जिल्लाको गजुरी गाउँपालिकाका ४५ वर्षीय प्रेम अधिकारी घाइते रहेको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू