सरकारले दण्डहीनतालाई प्रश्रय दिएको समाजवादी विद्यार्थी युनियनको आरोप
नेपाल समाजवादी विद्यार्थी युनियनले चेतन मानन्धरको हत्याका दोषी योगराज ढकाल भनिने ‘रिगल’ लाई सरकारले आममाफी दिएकोप्रति विरोध जनाएको छ ।
गम्भीर आपराधिक घटनाका दोषीलाई आममाफी दिएर सरकारले कानुनी शासनको गम्भीर उल्लंघन गरेको युनियनले बताएको छ । आज विज्ञप्ति जारी गर्दै युनियनले नेपाली समाजलाई लोकतान्त्रिक व्यवस्थामार्फत समृद्धि र सुशासनको बाटोमा लैजानुको साटो सरकारले दण्डहीनतालाई प्रश्रय दिइरहेको आरोप लगाएको छ ।
‘संविधान दिवसजस्तो अत्यन्त महत्वपूर्ण दिन पारेर दिनदहाडै खुडा प्रहार गरी हत्या गरेको, देशको सर्वोच्च अदालतले समेत दोषी ठहर गरेर जन्मकैदको फैसला सुनाएको रिगल भनिने योगराज ढकाललाई आममाफी दिएर सरकारले दण्डहीनताका साथै कानुनी शासनको गम्भीर उल्लंघन गरेको छ । र, यतिबेला सरकारलाई यो सरकार गुण्डाहरुको होकि नागरिकको गम्भीर प्रश्न उठिरहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
युनियनले सरकार र राष्ट्रपति रामचन्द्र पौडेलसँग आममाफीको निर्णय तत्काल फिर्ता लिएर कानुनी राज्यको प्रत्याभूति दिलाउन माग गरेको छ । त्यस्तै, न्याय तथा कानुनी राज्यका निम्ति गरिएका आन्दोलनमा एक्यबद्धता रहेको जनाएको छ ।
२०७२ असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत, बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलाशले रिगललाई २०७६ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
घटनामा संलग्न अन्य १० जनालाई प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद तोकिएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कैद मिनाहा गरेपछि रिगल छुटेका हुन् ।
राष्ट्रपति पौडेलको सो निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धर हिजो बिहानदेखि माइतीघर मण्डलामा अनशनरत छिन् । उनले रिगललाई फेरि जेल चलान गर्नुप
टिप्पणीहरू