राष्ट्रिय सभाका उपाध्यक्ष र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

सुन्नुहोस्

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । चीनको तिब्बत स्वायत्त प्रदेशमा आयोजित एउटा सम्मेलनमा भाग लिने क्रममा उहाँहरुबीच शिष्टाचार भेट भएको बताइएको छ ।

तिब्बत स्वायत्त प्रदेशको निङहोइ शहरमा आयोजित अन्तर्राष्ट्रिय सहयोगको निम्ति चीनको सिचाङ ट्रान्स हिमालय तेस्रो सम्मेलनमा भाग लिने क्रममा उपाध्यक्ष अर्याल र विदेशमन्त्री वाङबीच कुराकानी भएको हो । अर्याल आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अस्ति सिचुआन एअरको उडान नम्बर ३ यु ८९०२ मा त्यसतर्फ जानुभएको थियो । 

टोलीमा राष्ट्रिय सभाका सदस्यहरु अनिता देवकोटा, गोपीबहादुर सार्की आछामी, नरपति लुवार, मदनकुमारी शाह, मोहम्मद खालिद, रमेशजंग रायमाझी सहभागी छन् । त्यसैगरी, संसद सचिवालयका उपसचिव सञ्जय दाहाल, उपाध्यक्षका स्वकीय सचिव रामाकान्त चौधरी, सञ्चार विज्ञ डिल्ली मल्ल र संसद सचिवालयका शाखा अधिकृत प्रबल पौडेल पनि चीन गएका छन् ।

टिप्पणीहरू