एमाले गण्डकीमा नवराज प्यानल विजयी, मायानाथ समूह पराजित
एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । हिजोको मतदान र त्यसपछिको मतगणनामा शर्मा ५३१ मत ल्याएर विजयी भएका हुन् ।
प्रथम अधिवेशनको अध्यक्षमा शर्मासँगै मायानाथ अधिकारीले प्रतिस्पर्धा गरेका थिए । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी समिति अध्यक्ष खगराज अधिकारीले समर्थन गरेका थिए ।
अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनमा प्यानल नबनाउन र निर्वाचन प्रक्रिया अवलम्बन नगर्न निर्देशन दिए पनि गण्डकीमा दुई समूहबीच प्यानल बनाएर प्रतिस्पर्धा भएको हो । यसअघि लुम्बिनी,कोशी र बागमती प्रदेश अधिवेशनमा पनि सहमतिको सट्टा निर्वाचन माध्यमद्वारा नेतृत्व चयन भइसकेको छ ।
टिप्पणीहरू