चालकले मादक पदार्थ सेवन गरेर हाइलक्स चलाउँदा
सिन्धुपाल्चोकमा खेतमा घाँस काटिरहेकी महिलालाई हाइलक्स गाडीले ठक्कर दिएको छ । मेलम्ची नगरपालिका १२, ढकाल खहरेमा भएको दुर्घटनामा महिला गम्भीर घाइते भएकी छन् ।
स्थानीय वडा कार्यालय नजिकैको खेतमा घाँस काटिरहेकी कृष्ण र विष्णुप्रसाद ढकालको आमालाई हाइलक्सले खेतमै ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । मादक पदार्थ सेवन गरेर अत्यधिक गतिमा चलाइएको गाडी सडकबाट खेतमा पुगेको छ ।
टिप्पणीहरू