धनगढीमा ओली बोल्दाबोल्दै भीम रावलको खोजी

धनगढीमा ओली बोल्दाबोल्दै भीम रावलको खोजी
सुन्नुहोस्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भीम रावलको खोजी भएको छ। आज (आइतबार) धनगढीमा शुरु भएको एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनमा रावलको खोजी भएको हो ।

एमाले पूर्व उपाध्यक्षसमेत रहेका रावललाई अधिवेशनमा आमन्त्रण नगरेर उनी उपस्थित नभएपछि उनका समर्थकले खोजी गरेका हुन् । ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पछाडिबाट केही युवाले भीम रावल खोई ? भन्ने प्रश्न उठाएका थिए। तर ओलीले भने चुप लाग्नुस् साथीहरु भन्दै थप नबोली अर्कै प्रसङ्गलाई अगाडि बढाएको पाइयो ।

"केही युवाले भीम रावल खोई ? भन्ने प्रश्न उठाएका थिए। तर ओलीले भने चुप लाग्नुस् साथीहरु भन्दै थप नबोली अर्कै प्रसङ्गलाई अगाडि बढाएको पाइयो ।"

अछामका रावल अहिले गृहजिल्लामै छन् । एमालेको दशौँ महाधिवेशनपछि पार्टीमा जिम्मेवारीविहीन रहेका रावललाई अहिले पनि पार्टीले जिम्मेवारी दिएको छैन ।

टिप्पणीहरू