इजरायलमा नेपाली विद्यार्थी मारिएको लगभग पुष्टि
हिजो इजरायलमा भएको प्यालेष्टिनी विद्रोही समूह हमासको आतंकवादी आक्रमणमा केही नेपालीको ज्यान गएको करिब करिब पुष्टि भएको छ । इजरायलको दक्षिणी भूभाग किबुज अलुमिममा भएको आक्रमणमा सात जनाको ज्यान गएको भए पनि परिवारलाई तनाव हुने कारण परराष्ट्र मन्त्रालयले यसवारे सबै विवरण खुलाइसकेको छैन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्षलाई उद्धृत गर्दै प्रकाशित समाचार परराष्ट्र प्रवक्ता सेवा लम्सालले पुष्टि नभइसकेको बताउनुभयो । त्यहाँको कृषि फर्ममा अध्ययनको क्रममा पुगेका केही नेपाली विद्यार्थीहरुको हमासको गोली लागेर मृत्यु भएको करिव करिव निश्चित भैसकेको छ तर लगातारको गोलाबारीका कारण कोही बाहिर निस्कन र मोबाइल चार्ज गर्न सकिने स्थिति छैन । जीवित तर घाइते अवस्थाका साथीहरूले दिएको जानकारीमा पनि सुखद समाचार छैन ।
लम्सालले भन्नुभयो ‘अहिले युध्दको अवस्थामा हाम्रो संयन्त्र घटनास्थलमा पुग्न कठिन छ । सबै कुरा यकिन भएपछि मात्र केही भन्न सकिएला । घाइते,बेपत्ता र सकुशलको विस्तृत विवरण नआई अहिले नै केही भन्न सकिँदैन ।’
उता तेलअभिभस्थित नेपाली दूतावासले पनि १२ जना नेपाली आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । प्रवक्ता लम्सालका अनुसार नेपाल सरकार हताहती र पछिल्लो अवस्थाबारे कन्फर्म गर्ने क्रममै छ ।

लम्सालले भन्नुभयो ‘अहिले युध्दको अवस्थामा हाम्रो संयन्त्र घटनास्थलमा पुग्न कठिन छ । सबै कुरा यकिन भएपछि मात्र केही भन्न सकिएला । घाइते,बेपत्ता र सकुशलको विस्तृत विवरण नआई अहिले नै केही भन्न सकिँदैन ।’ मारिएकामध्ये कतिपयको हात नभएको,केहीका गोडा तथा अंग नभएको र सबैलाई गोली लागेको बताइन्छ ।
दार्चुलाका पत्रकार मनोज बडुका अनुसार,इजरायलमा नेपालीमाथि भएको क्षतिको प्रारम्भिक तथ्यांक यस्तो छ :

टिप्पणीहरू