सुख्खा पहिरोले स्काभेटेर पुरेपछि चालकको मृत्यु
पाल्पाको रामपुरमा पहिरोले पुरिएपछि स्काभेटर चालकको मृत्यु भएको छ । स्थानीय गेझामा गएको सुख्खा पहिरोले हिजो स्काभेटर पुरेको थियो । घाइते चालक धनबहादुर खड्काको मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार सडक मर्मतको क्रममा उक्त दुर्घटना भएको हो । दाङका ३० वर्षीय खड्काको उपचारको क्रममा आज बिहान ज्यान गएको हो ।
पहिरोले चालक खड्काको आधा शरिर च्यापिएको थियो । उनको आज बिहान मिसन अस्पताल पाल्पामा निधन भएको हो ।
टिप्पणीहरू