माओवादी संसदीय दलको बैठक सिंहदरबारमा
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक शुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकालगायत विषयमा छलफल गर्न सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठक जारी छ ।
दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा राष्ट्रियसभाका सांसद तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि सहभागी हुनुहुन्छ । प्रमुख सचेतक हितराज पाण्डेसहित अधिकांश सांसदहरु बैठकमा उपस्थित छन् ।

संसदमा पेश भएका विधेयकमा दलको धारणा तय गर्नुका साथै समसामयिक राजनीतिक अवस्थाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू