चीन भ्रमणपछि राष्ट्रिय सभा उपाध्यक्षको टोली स्वदेशमा

चीन भ्रमणपछि राष्ट्रिय सभा उपाध्यक्षको टोली स्वदेशमा

चीन भ्रमणमा जानुभएका राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल स्वदेश फर्कनुभएको छ । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै गत मंगलबार चीनको तिब्बत स्वायत क्षेत्र जानुभएका उपाध्यक्ष आज बिहान ११ बजे काठमाडौं आइपुग्नुभएको हो ।

टोली सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०१ मा सिचुआन प्रान्तको छन्तुबाट काठमाडौं आएको हो । निंगहोइ शहरमा आयोजित ‘चीन सिचाङ ट्रान्स हिमालयन थर्ड इन्टरनेसनल फोरम’ मा सहभागी भएर उहाँसहित संसदीय टोली स्वदेश आइपुगेको हो । सो क्रममा उपाध्यक्ष अर्याल र चीनका विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको थियो ।

टोलीमा राष्ट्रिय सभाका सदस्यहरु अनिता देवकोटा, गोपीबहादुर सार्की आछामी, नरपति लुवार, मदनकुमारी शाह, मोहम्मद खालिद, रमेशजंग रायमाझी सहभागी थिए । त्यसैगरी, संसद सचिवालयका उपसचिव सञ्जय दाहाल, उपाध्यक्षका स्वकीय सचिव रामाकान्त चौधरी, सञ्चार विज्ञ डिल्ली मल्ल र संसद सचिवालयका शाखा अधिकृत प्रबल पौडेल पनि चीन गएर फर्केका हुन् ।

टिप्पणीहरू