सरकारले भन्यो- इजरायल भ्रमण नगर्नू

सरकारले भन्यो- इजरायल भ्रमण नगर्नू

सरकारले इजरायल भ्रमण नगर्न सबैलाई आग्रह गरेको छ । प्यालेस्टाइनी अतिवादी समूह हमासको आक्रमणपछि इजरायलको अवस्था अत्यन्तै संवेदनशील रहेकाले भ्रमण नगर्न सरकारले अनुरोध गरेको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरे । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्रीले कुनैपनिप्रकारको भ्रमण नगर्न सुझाएका हुन् ।

सोक्रममा मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे पनि समितिलाई जानकारी गराएका थिए ।
 

टिप्पणीहरू