हाङ्चौ एसियाडका पदक विजेता खेलाडी काठमाडौंमा, चार सांसद पनि फिर्ता

हाङ्चौ एसियाडका पदक विजेता खेलाडी काठमाडौंमा, चार सांसद पनि फिर्ता

चीनको हाङ्चौमा सम्पन्न १९ औं एसियाली खेलकुदमा पदक विजेता नेपाली खेलाडीहरु स्वदेश फर्किएका छन् । 

पदक विजेता खेलाडी, प्रशिक्षक, अफिसियल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ एयर चाइनाको विमानमा आज बिहान साढे ११ बजे काठमाडौँ आइपुगेका हुन् । यस पटकको एसियाली खेलकुदमा नेपालले २ रजत र १ काँस्य पदक जितेको छ ।

पदक बिजेता खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनीहरूलाई विशेष स्कर्टिङसहित राष्ट्रिय खेलकुद परिषद् कार्यालय लगिएको छ ।

सोही उडानमा चीन भ्रमणमा गएका सांसदहरु पनि फर्किएका छन् । सांसदहरु देवेन्द्र पौडेल, दिपा शर्मा, बद्रिप्रसाद पाण्डे र अरूणकुमार चौधरी चीनबाट फर्किएका हुन् ।

टिप्पणीहरू