एमाले अधिवेशन : धनगढीमा मतदान स्थगित, जनकपुरमा भोलि उद्घाटन
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा आज साँझ हुने भनिएको मतदान प्रक्रिया रोकिएको छ । साँझ ५ बजेदेखि मतदानको कार्यक्रम राखिए पनि उम्मेदवारको अन्तिम नामावली प्रकाशित नगरेपछि मतदान रोकिएको बताइएको छ ।
अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरत साउद र वचनबहादुर सिंहले उम्मेदवारी दिएका छन् । तर, सर्वसम्मत भन्दै मतदान प्रक्रिया रोकिएपछि अधिवेशनमा सहभागी प्रतिनिधिहरु रनभुल्ल परेका हुन् ।
यता, मधेश प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भोलिदेखि जनकपुरमा अधिवेशन हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले भोलि जनकपुरमा मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू