एमाले अध्यक्ष नपुग्दै जनकपुरमा भटाभट उम्मेदवारी घोषणा, सुदूरपश्चिममा मतदान स्थगित
नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदैछ । स्थानीय महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
मधेश प्रदेश कमिटीको अध्यक्षमा हालसम्म लक्ष्मीनारायण यादव, ताराकान्त चौधरी, राजकिशोर यादव, रामसिंह यादव, रेवती पन्तको नाम चर्चामा ल्याइएको छ । अधिवेशनमा आठ जिल्लाका एक हजार २७ जना प्रतिनिधि सहभागी हुँदैछन् । दुई सय २५ सदस्यीय कार्य समिति सर्वसम्मत गराउन पहल भएको बताइएको छ ।
उता, धनगढीमा आयोजित सुदूर पश्चिम प्रदेश अधिवेशनमा नेतृत्व चयनको विषय निकै पेचिलो बनेको छ । हिजो साँझ हुने भनिएको मतदान प्रक्रिया रोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित नगरेपछि मतदान रोकिएको हो ।
अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरत साउद र वचनबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।सर्वसम्मत भन्दै मतदान प्रक्रिया रोकिएपछि अधिवेशनमा सहभागी प्रतिनिधिहरु रनभुल्ल परेका हुन् ।
टिप्पणीहरू