एमालेको चंगा उडाउने तयारी, सिलिकन र नाइलनको धागो बर्जित

एमालेको चंगा उडाउने तयारी, सिलिकन र नाइलनको धागो बर्जित

नेकपा एमालेका जनसंगठनहरुको संयुक्त आयोजनामा चंगा उडाउने प्रतियोगिता हुने भएको छ । अखिल नेपाल किसान महासंघ, काठमाडौं महानगरपालिका कमिटी र युवासंघले प्रतियोगिता गर्न लागेका हुन् । 

नेपालीहरुको महान् चाड दशैं, तिहार, नेपाल सम्वत ११४४ न्हुदँया भिन्तुना, छठलगायतका पर्वको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको महासंघले जनाएको छ । असोज २८ गते घटस्थापनाका दिन दिउँसो १२ बजे काठमाडौंको खुल्लामञ्चमा प्रतियोगिता हुने महासंघले जानकारी दिएको छ । 

प्रतियोगतामा सहभागी हुन चाहने प्रतियोगीले असोज २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । १५ मीनेटको अन्तरमा प्रतियोगिता हुने जनाइएको छ । महासंघका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइनेछ । 

त्यस्तै, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगीले अनिवार्य सेतो चंगा प्रयोग गर्नुपर्नेछ । सिलिकोन र नाइलनको धागो ल्याउन नपाइने स्पष्ट पारिएको छ ।

टिप्पणीहरू