उपराष्ट्रपति बिरामी, विदेशको टोलीले हेर्दै
उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि उहाँ नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएको छ ।
सोमबारदेखि बिरामी हुनुभएका उपराष्ट्रपति यादव हिजो साँझ अस्पतालमा भर्ना हुनुभएको हो । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई अस्पताल लगिएको बताइएको छ ।
उपराष्ट्रपति यादवको उपचार डा. विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ । अहिले उहाँको स्वास्थ्य अवस्था राम्रो भए पनि प्लेटलेट्स घटिरहेकाले केही दिन अस्पतालमै राखेर उपचार गरिने जनाइएको छ ।
टिप्पणीहरू