नेपाली भूमि हुँदै मानसरोवर पुगे भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको पिथौरागढस्थित ‘कैलाश भ्यू प्वाइन्ट’बाट कैलाश पर्वतको दर्शन गरेका छन् ।

कैलाश भ्यू पोइन्ट पिथौरागढकाे जोलिङकङ क्षेत्रमा छ— जहाँबाट कैलाश पर्वत तथा मानसरोवर प्रष्टै देखिन्छ ।मानसरोवरकाे दर्शनअघि बिहिबार बिहान प्रधानमन्त्री माेदीले पार्वती कुण्डमा पूजाअर्चना गरेका छन् ।
भारतीय मिडिया स्राेतकाअनुसार भारत–चीन सीमाक्षेत्रकाे भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन्— नरेन्द्र मोदी । भारतले अतिक्रमण गरेकाे नेपाली भूमि कालापानी क्षेत्र हुँदै उनी मानसरोवरकाे तीर्थयात्रामा निस्किएका थिए ।

टिप्पणीहरू