एकाबिहानै मन्त्री र माओवादी नेतालाई दायाँबायाँ राखेर प्रधानमन्त्रीद्वारा जासुस प्रमुखसँग भेट

एकाबिहानै मन्त्री र माओवादी नेतालाई दायाँबायाँ राखेर प्रधानमन्त्रीद्वारा जासुस प्रमुखसँग भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुत्तराज थापालाई सरकारी निवासमा बोलाएर भेट्नु भएको छ । 

प्रधानमन्त्रीले थापासँग आज बिहान बालुवाटारमा झण्डै एकघण्टा भेट गर्नुभयो । नवनियुक्त "र" प्रमुख रवि सिन्हाको निम्तोमा साताव्यापी भारत भ्रमण गरी दुई दिनअघि नेपाल फर्किएका अनुसन्धान प्रमुख  थापा प्रधानमन्त्री भेट्न बिहान ९ बजे बालुवाटार पुगेका थिए ।   

सो भेटको छेउछाउ  वनमन्त्री वीरेन्द्रप्रसाद महताे र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पनि देखिएका थिए ।
 

टिप्पणीहरू