मुख्यमन्त्री माग्दै एमालेसहित काँग्रेसका विद्रोही सांसदहरु प्रदेश प्रमुखको दैलोमा

मुख्यमन्त्री माग्दै एमालेसहित काँग्रेसका विद्रोही सांसदहरु प्रदेश प्रमुखको दैलोमा
सुन्नुहोस्

नेपाली काँग्रेसका विद्रोही सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका ४७ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएलगत्तै कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै उनीहरु त्यहाँ गएका हुन् । कार्कीले आफ्नो दल काँग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित हिजो दाबी पेश गरेका थिए ।

यता, काँग्रेससहित एकीकृत समाजवादी र जसपाको समर्थन पाएका माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । हिजो अपरान्ह कार्कीले दाबी पेश गर्नुअघि आङ्ग्बोले चारवटै पार्टीको संसदीय दलको तर्फबाट प्राप्त समर्थनको कागज प्रदेश प्रमुखलाई बुझाएका थिए । 

दुबैको दाबी परेपछि प्रदेश प्रमुख परशुराम खापुङले कसैलाई पनि मुख्यमन्त्री नियुक्त् गरेका छैनन् । थप छलफल गरेर मात्र निर्णय गर्ने मनस्थितिमा उनी रहेको बताइएको छ ।

कार्की तत्काल मुख्यमन्त्री नियुक्त नहुने संकेत बुझेपछि एमाले र काँग्रेसका विद्रोही सांसदहरु प्रदेश प्रमुखलाई दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

टिप्पणीहरू