प्रधानमन्त्री भोलि दिनभर धनगढीमा व्यस्त रहने

प्रधानमन्त्री भोलि दिनभर धनगढीमा व्यस्त रहने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि धनगढी जानुहुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँ समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न त्यता जान लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड भोलि बिहान सवा ९ बजे श्री एयरको नियमित उडानबाट धनगढी पुग्ने कार्यतालिका छ ।

उहाँ धनगढी विमानस्थलबाट सोझै लम्की प्रस्थान गर्नुहुने छ । माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्न पुग्नुहुनेछ ।

मध्यान्ह १२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर २ बजे धनगढीमा उहाँले समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बेलुकी साढे ५ बजे प्रधानमन्त्री प्रचण्ड सोही विमान कम्पनीको उडानबाट काठमाडौं फर्किनुहुने जनाइएको छ ।

टिप्पणीहरू