प्रधानमन्त्री धनगढी प्रस्थान

प्रधानमन्त्री धनगढी प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी जानुभएको छ । उहाँ धनगढीमा दिउँसो आयोजना गरिने समाजवादी मोर्चाको सन्देश सभा र त्यसअघि विभिन्न कार्यक्रममा सहभागी हुन जानुभएको हो ।

प्रधानमन्त्री दाहालसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत १२ जनाको टोली श्री एअरलाइन्सको उडानमा ९ बजे काठमाडौंबाट प्रस्थान गरेको बताइएको छ ।
 

टिप्पणीहरू