झलनाथ नेतृत्वको उच्चस्तरीय टोली चीन पुग्यो
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा जानुभएको छ । उहाँ गएराति साढे १२ बजे काठमाडौंबाट चाइना साउदर्न एअरलाइन्सको उडानमा ग्वाङचौ प्रस्थान गर्नुभएको हो ।
उहाँसँगै पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला,पूर्व राजदूत दिनेश भट्टराई, अनुप अधिकारी,प्रा.डा युवराज संग्रौला पनि टोलीमा हुनुहुन्छ । नेता खनालसँगै श्रीमती रविलक्ष्मी चित्रकार र छोरा निर्भिक चित्रकार खनाल पनि चीन भ्रमणमा गएको बुझिएको छ ।
नेता खनाल राजधानी बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन जानुभएको बुझिएको छ । उहाँले पर्सि आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई सम्बोधन गर्नुहुने छ ।
त्यहाँ रहँदा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू