अनिश्चितकालका लागि स्थगित कोशी प्रदेशसभा बैठक बोलाइयो

अनिश्चितकालका लागि स्थगित कोशी प्रदेशसभा बैठक बोलाइयो

कोशी प्रदेशसभाको बैठक पर्सि बस्ने भएको छ । असोज २० गते अनिश्चितकालका लागि स्थगित प्रदेश सभाको बैठक पर्सिका लागि आह्वान गरिएको छ । 

प्रदेश सभाको चौथो अधिवेशनको तेस्रो बैठक विराटनगरस्थित प्रदेश सभाहलमा बिहान ११ बजेदेखि आरम्भ हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए । 

‘कोशी प्रदेशसभाको चौथो अधिवेशनको तेस्रो बैठक मिति २०८० कात्तिक १ गते बुधबार दिनको ११ बजे कोशी प्रदेश सभाहल, विराटनगरमा बस्ने,’ आज जारी सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू