मृत्युदण्डको सजाय नहुँदा भ्रष्टाचार बढेको सुवालको दाबी

मृत्युदण्डको सजाय नहुँदा भ्रष्टाचार बढेको सुवालको दाबी

नेपाल मजदुर किसान पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद प्रेम सुवालले प्रभावशाली कानुनको अभावमा भ्रष्टाचार अन्त्य नहुने बताएका छन् । 

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारीहरूलाई कारबाही नभएकै कारण पछिल्लो समय करोडबाट अर्बमा भ्रष्टाचार हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । ’पछिल्लो पटक वाइडबडीमा पाँंच, सात अर्बको भ्रष्टाचार भएको बाहिर आएकै हो’, सुवालले भने, ’ललिता निवास, बालुवाटार जग्गा काण्ड, ओम्नी काण्डलगायत सबैमा भ्रष्टाचार भएको बाहिर आएकै हो ।’

भ्रष्टाचारीलाई मृत्युदण्डको सजाए दिनुपर्ने पार्टी धारणालाई उनले पुनः दोहोर्याए । संविधानमै संशोधन गरेर भए पनि मृत्युदण्डसम्मको सजाए दिनुपर्ने उनको भनाई छ । 

फरक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सुनेरै डराउनेहरुलाई सिंहदरवारमा पठाएर केही नुहने भन्दै ठूला पार्टीका शीर्ष नेताहरुमाथि कटाक्ष गरे । परराष्ट्रमन्त्री एनपी साउदसँंग पत्रकारले नेपालको गुञ्जीको भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी दिएर गएको हो ? भन्ने पत्रकारको प्रश्नको उतर दिन डराएर माइक पन्छाएको दृश्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भन्दै उनले त्यस्तालाई सिंहदरबार पठाएर मन्त्री बनाएसम्म देश उँभो नलाग्ने दाबी गरे ।

उनले इजराइल र प्यालेष्टाइनबीचको युद्धमा मारिएका १० जना निर्दोष नेपालीको निधनको जिम्मेवारी सरकारले लिनुपर्ने जिकिर पनि गरे । ८० वर्षदेखि युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउन नहुने ठाउँंमा पठाएकाले यसको दोषी नेपाल सरकार रहेको उनको निश्कर्ष छ ।

टिप्पणीहरू