स्टुडियोको कम्प्युटर झिकेपछि पत्रकारहरुलाई ३५ लाख दिने सहमति

स्टुडियोको कम्प्युटर झिकेपछि पत्रकारहरुलाई ३५ लाख दिने सहमति

अर्थ न्युज एचडी व्यवस्थापनले पत्रकारहरुलाई महिनौंदेखिको तलब भत्ता दिन सहमति गरेको छ । ललितपुरको कृष्ण गल्लीमा रहेको उक्त टेलिभिजनमा कार्यरत पत्रकारहरुले संस्थाको टेलिभिजन र कम्प्युटर झिकेपछि उनीहरुको ३५ लाख बराबरको पारिश्रमिक प्रदान गर्न व्यवस्थापन पक्ष राजी भएको हो ।

पारिश्रमिक नपाएका कर्मचारी एलिसा अर्याललगायत एक दर्जन कर्मचारीले ११ थान मनिटर, चार थान क्यामरा कार्यालय बाहिर कम्पाउण्डमा राखेपछि व्यवस्थापन प्रतिनिधि दिनेश शाह र कर्मचारीका तर्फबाट प्रोग्राम अफिसर प्रसन्न ढुंगानाबीच छलफल भएको बताइन्छ । 

साँझ साढे ५ बजेदेखि एक घण्टा भएको छलफलमा चार बुुँदे लिखित सहमति भएको छ । यसअघि दिइएको ३५ लाखको चेक कात्तिक १६ गतेभित्र भुक्तानी गर्ने र थप एक महिनाको तलब आगामी मंसिर १० गतेभित्र भुक्तानी गर्ने भनिएको छ ।

त्यसैगरी आगामी माघ १० गतेभित्र सबै कर्मचारी तथा पत्रकारहरुको पनि बाँकी तलब प्रदान गर्ने र झिकिएका कम्प्युटर र क्यमरा कार्यालयमा यथावत राख्ने सहमति भएको हो ।

टिप्पणीहरू