मुटु जँचाउनासाथ प्रधानमन्त्री भोलि बिहान मुस्ताङ जानुहोला ?

मुटु जँचाउनासाथ प्रधानमन्त्री भोलि बिहान मुस्ताङ जानुहोला ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बिहान सबेरै मुस्ताङ जाने कार्यक्रम तय भएको छ । बिहान सवा ६ बजे नेपाली सेनाको एनए ०३८ एम १ कल साइन भएको हेलिकोप्टरमा उहाँ बालुवाटारबाट जोमसोम हुँदै कोरला नाका जान लाग्नुभएको बुझिएको छ । 

सोही क्रममा मुक्तिनाथ, कागबेनीबाट पोखरा हुँदै काठमाडौं आउने योजना छ । हेलिकोप्टर राजधानी फर्कने क्रममा केहीबेर पोखरा विमानस्थलमा रोकिने छ । इन्धन भरेर उहाँ सवार  हेलिकोप्टर अपरान्ह काठमाडौं आइपुग्ने छ । 

प्रधानमन्त्री आज साँझ नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक इन्टरनेशनल हस्पिटल जानुभएको थियो । छातीमा असहज महसुस भएपछि उहाँ अस्पताल जानुभएको हो । मुटुको एन्जियोग्राफी सकेर आजै सरकारी निवास बालुवाटार फर्कने उहाँको सचिवालयले जानकारी दिएको छ ।

यता,नेपालका लागि भारतीय राजदूत हिजो हुम्ला जानुभएको छ । उहाँ हुम्लाको विभिन्न कार्यक्रममा सहभागी भएर मुगुको रारामा बास बसेको बताइन्छ । कैलाश हेलिकोप्टरमा सुर्खेत हुँदै जानुभएका राजदूतले हुम्लाको नाम्खाबाट तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गर्नुभएको छ  । उता अर्को महिना तिब्बतका कम्युनिस्ट पार्टी सचिव नेपाल आई कोरोला नाका खोल्ने कार्यक्रममा सहभागी हुने खबरसमेत यसवीच प्राप्त हुन आएको छ ।

टिप्पणीहरू