चीनमा हृदयघात भएका गृहमन्त्री खतरामुक्त

चीनमा हृदयघात भएका गृहमन्त्री खतरामुक्त
सुन्नुहोस्

चीनमा हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त रहेको सरकारले जानकारी गराएको छ ।

आज दिउँसो बसेको क्याविनेट बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले हृदयघात भएपछि चीनको बेइजिङस्थित अस्पतालमा उपचाररत उपप्रधानमन्त्री श्रेष्ठको अवस्था चिन्ताजनक नरहेको बताउनु भएको हो । उहाँका अनुसार मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा छन् । 

डिस्चार्ज हुन भने अझै दुई-चार दिन लाग्न सक्ने जानकारी गराइएको छ ।

गृहमन्त्री श्रेष्ठ बीआरआईसम्बन्धी एक कार्यक्रममा सहभागी हुन सोमबार चीन जानुभएको थियो । मंगलबार राति छातीमा समस्या भएपछि बेइजिङस्थित ‘पेकिङ युनिभर्सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर’ लगिएकोमा चिकित्सकले सामान्य हृदयघात भएको बताएका थिए ।

टिप्पणीहरू