प्रधानमन्त्रीका दुबै छोरीको नयाँ दिल्लीबाट आगमन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुबै छोरी नयाँ दिल्ली गएर फर्केका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, निजी सचिव तथा कान्छी छोरी गंगा दाहालसहित छ जनाको पारिवारिक टोली हिजो साँझ फर्केको हो ।
गत बुधबार नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा नयाँ दिल्ली गएका स्मिता दाहाल, इशान्ती दाहाल, प्रतिभा पाठक र प्रवल पाठक पनि हिजै काठमाडौं आएका छन् ।
उनीहरु निगमको उडान नम्बर आरए २१८ मा साँझ पौने ८ बजे आइपुगेका हुन् ।
टिप्पणीहरू