आजको भूकम्प गोरखाकै परकम्प
राजधानी काठमाडौंलगायत मुलुकको मध्य तथा पश्चिम भूभागमा आज बिहान गएको भूकम्प आठ वर्षअघिको गोरखा महाभूकम्पकै परकम्प रहेको बताइएको छ ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार धादिङको खरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ७ बजेर ३९ मीनेटमा गएको ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प पहिलेकै परकम्प हो ।
बिहानको भूकम्प पश्चिम पोखरा आसपास र पूर्वमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकसम्म महशुस गरिएको थियो ।
टिप्पणीहरू