महेश बस्नेतसँग टिका लगाउनेहरु पुलिस चौकीमा भेला हुने
नेकपा एमालेका युवा नेता तथा सो पार्टीको भ्रातृ संगठन युवा संघका इञ्चार्ज महेश बस्नेतले कार्यकर्तालाई दशैँको टिका लगाइदिने भएका छन् ।
युवा संघ भक्तपुरले टीकाको कार्यक्रम आयोजना गरेको छ । भक्तपुरको गुण्डुस्थित बस्नेतको नीजि निवासमा भोलि बिहान टिका लगाउने कार्यक्रम राखिएको भन्दै सामाजिक सञ्जालबाट निम्तो बाँडिएको छ ।
सञ्जालमा सार्वजनिक सूचनाअनुसार टिका थाप्न चाहनेले भोलि बिहान साढे ७ बजे गुण्डु चोकमा रहेको प्रहरी चौकी नजिकै भेला हुनुपर्नेछ ।
टिप्पणीहरू