घाँस काट्न गएका कलाकार लडेर सिकिस्त
कलाकार प्रकाश घिमिरे लडेर गम्भीर घाइते भएका छन् । आज बिहान पोखराको नदीपुरमा घाँस काट्ने क्रममा लडेर उनी घाइते भएका हुन् ।
घाइते कलाकार घिमिरेलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको कास्की प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको छ ।
थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका कलाकार घिमिरेद्वारा अभिनित ‘भष्मे डन’ अहिले देशभर प्रदर्शन भैरहेको छ ।
टिप्पणीहरू