लुवाण्डा पुग्नुभएका राष्ट्रिय सभा अध्यक्ष भेटघाटमा व्यस्त
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४७ औँ महासभामा भाग लिने क्रममा उहाँहरुबीच अंगोलको राजधानी लुवाण्डामा भेटवार्ता भएको बताइएको छ ।
भेटवार्तामा अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष जेरीबीच द्विपक्षीय सम्बन्ध, संसद् र संसदहरुको भूमिकाबारे चर्चा भएको छ । सो क्रममा यसअघि भएका भ्रमणको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने विश्वास दिलाउनुभएको हो ।
प्रत्युत्तरमा अध्यक्ष जेरीले आयरल्याण्डमा बस्दै आएका नेपालीले त्यहाँका उद्योग, कलकारखानामा गरेको लगानी र सहकार्यबारे चर्चा गरेको बताइन्छ ।
यसअघि उहाँले बेल्जियमकाे सिनेटका सभामुख स्टेफिन डि होससंग भेटवार्ता गर्नुभएकाे थियाे ।
टिप्पणीहरू