चियापानको निम्तो १० हजार जनालाई : नेपाली काँग्रेस

चियापानको निम्तो १० हजार जनालाई : नेपाली काँग्रेस

नेपाली काँग्रेसले दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज चियापान कार्यक्रम गर्दै छ । पार्टी मुख्यालय, सानेपामा दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चियापान कार्यक्रम राखिएको बताइएको छ ।

आजको चियापानमा झण्डै १० हजार जनालाई आमन्त्रण गरिएको काँग्रेसको दाबी छ । विभिन्न राजनीतिक दलका नेता, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

यस्तै पत्रकार, गैरआवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुख, काँग्रेसका सदस्य एवम् शुभेच्छुकहरुलाई पनि आमन्त्रण गरिएको छ ।

नेपाली काँग्रेसले संस्थापक तथा तत्कालीन सभापति बीपी कोइरालाले २०३३ सालदेखि कोजाग्रत पूर्णिमाको दिनमा चियापान आयोजना गरेको कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

टिप्पणीहरू