प्रचण्डकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको एमाले अध्यक्षको आरोप

प्रचण्डकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको एमाले अध्यक्षको आरोप
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उहाँले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रधानमन्त्रीका व्यवहार बाधक रहेको आरोप लगाउनुभएको हो । युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने निर्णय गरेर प्रधानमन्त्री प्रचण्डले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले अप्ठेरो स्थिति बनेको उल्लेख गर्दै भेटमा ओलीले असन्तुष्टी व्यक्त गर्नुभएको बताइएको छ । 

शान्ति प्रक्रिया टुंग्याउँदा गम्भीर अपराधमा आममाफी हुन नहुने, अन्तर्राष्ट्रिय अभ्यासहरुलाई ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको आदेश स्वीकार गर्नुपर्ने जस्ता आफ्ना अडान पनि ओलीले गुटेरेसलाई प्रष्टसँग सुनाउनुभएको थियो । 

जवाफमा महासचिव गुटेरेसले आफूले नेपालको शान्ति प्रक्रिया छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको धारणा राख्नुभएको बुझिएको छ ।

टिप्पणीहरू