रास्वपाको केन्द्रीय कार्यालयमा रक्तदान

रास्वपाको केन्द्रीय कार्यालयमा रक्तदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६, वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

बिहान ८ देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम राखिएको रास्वपाले जनाएको छ । मुलुकभरका स्वास्थ्य केन्द्रमा रगत अभाव भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको रास्वपाको भनाई छ । 

चाडबाडको समयमा रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाउँदै नेपाल रेडक्रस सोसाइटीले केही दिनअघि रक्तदानका लागि सबैलाई आह्वान गरेको थियो ।

टिप्पणीहरू