मध्यरातको भूकम्पमा मृतकको संख्या ५० नाघ्यो, नगरपालिका उपमेयरको निधन

मध्यरातको भूकम्पमा मृतकको संख्या ५० नाघ्यो, नगरपालिका उपमेयरको निधन

जाजरकोट र रुकुममा मध्यरातमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ । प्राप्त विवरणअनुसार जाजरकोटमा २६ र रुकुममा २८ जनाको मृत्यु भएको छ ।

गएराति ११ः४७ मा सो क्षेत्रमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । 
प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु भइसकेको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार उपमेयर सिंहको घरभित्र सुतेको अवस्थामा भत्केको घरले च्यापिएर निधन भएको हो ।

भूकम्पका घाइतेले जिल्ला अस्पताल भरिएका छन् । कतिपयलाई राति नै सुर्खेत अस्पताल पुर्याइएको छ ।

उद्धारको क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्ने आशंका छ ।

टिप्पणीहरू