प्रधानमन्त्री २६ जनाको टोलीसहित भूकम्प प्रभावित क्षेत्रमा

प्रधानमन्त्री २६ जनाको टोलीसहित भूकम्प प्रभावित क्षेत्रमा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २६ जनाको टोलीसहित भूकम्प प्रभावित क्षेत्रमा जानुभएको छ ।

सेनाको एमआई १७ हेलिकोप्टरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री जनार्दन शर्मा पनि प्रधानमन्त्रीसँगै जाजरकोट र रुकुम पश्चिमतर्फ गएको बताइएको छ । 

सेनाको कल साइन एनए ०५७ एमआई १७ हेलिकोप्टर बिहान पौने ७ बजे काठमाडौंबाट प्रस्थान गरेको हो । 

टोलीमा सेनाको १६ जनाको चिकित्सकीय टोली पनि औषधिसहित त्यता गएको छ ।

टिप्पणीहरू