भूकम्प अपडेट : मृतक संख्या १३६, घाइते १६६
मध्यरातमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३६ पुगेको छ । जाजकोटको रामी डाँडा केन्द्रबिन्दु भएर मध्यरातमा गएको भूकम्पमा घाइतेको संख्या १६६ पुगेको बताइएको छ ।
शुरुमा ६ दशमलव ४ म्याग्निच्युड र त्यसपछि गएको तीन वटा परकम्पमा उक्त जनधनको क्षति भएको हो । सबैभन्दा धेरै जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ ।
जाजरकोटमा ८१ जना घाइते भएका छन् । रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । २२ जना घाइतेलाई थप उपचारको निम्ति लागि सुर्खेत लगिएको छ । रुकुमबाट पनि १५ जनालाई थप उपचारको निम्ति सुर्खेत र नेपालगञ्ज लैजाने तयारी गरिएको छ ।
टिप्पणीहरू