काँग्रेस महासमिति बैठक फेरि सर्यो

काँग्रेस महासमिति बैठक फेरि सर्यो

नेपाली काँग्रेसले महासमिति बैठक पुनः सारेको छ । आगामी मंसिर २९ गतेदेखि पुस २ गतेसम्मका लागि तोकिएको बैठक पुस १६ पुर्याइएको छ ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठक राष्ट्रिय मेलमिलाप दिवसका पुस १६ गतेका लागि सारिएको जानकारी दिएका छन् । 

उनका अनुसार जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लामा गएको भूकम्पलाई मध्यनजर गर्दै महासमिति बैठक पुनः सारेर पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय भएको हो । 

त्यस्तै, ५२ जिल्लामा महासमिति सदस्यको चुनाव सम्पन्न भइसकेको छ । बाँकी जिल्लामा मंसिर १० गतेसम्म सदस्यको चुनाव सम्पन्न हुने छ ।

टिप्पणीहरू